१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

ओली र लेखकमाथि अनुसन्धान गर्न अदालतले दियो थप दुई दिनको समय



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले थप दुई दिन म्याद दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले दुवै नेतामाथि जारी अनुसन्धानका लागि थप दुई दिनको समय उपलब्ध गराएको हो।

सुनुवाइका क्रममा ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइएको थियो। बयान दिने क्रममा उनले आफ्नो स्वास्थ्यमा समस्या रहेको जानकारी गराएका थिए।

अदालतको आदेशमा बयान प्रक्रिया सकिएपछि ओलीको उपचारमा असर नपर्ने गरी अनुसन्धान अगाडि बढाउन पनि निर्देशन दिइएको उल्लेख गरिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ७ : ५७ बजे

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

रामबहादुर थापाको अभिव्यक्ति पार्टी नीतिविपरीत : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी

ओली र लेखकमाथि अनुसन्धान गर्न अदालतले दियो थप दुई दिनको समय

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

यातायात कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना