काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका डोलप्रसाद अर्यालको विजयीलाई औपचारिकता दिन प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।
शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेपछि उनी सभामुख पदमा निर्विरोध निर्वाचित भैसकेका छन् । तर, आज प्रतिनिधिसभा बैठकबाट औपचारिकता दिन लागिएको हो । बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई निर्वाचित गर्न प्रस्ताव गरेकाछन् ।
त्यसक्रममा लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गरेको भन्दै सबै राजनीतिक दलहरूप्रति आभार व्यक्त गरे।
उनले आफ्नो प्रस्तावमा समर्थन जनाउने तथा सर्वसम्मत वातावरण बनाउन सहयोग गर्ने दलहरूलाई धन्यवाद दिँदै यसलाई राजनीतिक सम्मानको उदाहरण भएको बताए। ‘यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद,’ लामिछानेले बैठकमा भने।
लामिछानेको प्रस्तावमा अर्थमन्त्री स्वर्णिम वाग्ले, भौतिकयोजनामन्त्री सुनिल लम्साल र कानूनमन्त्री सोविता गौतमले समर्थन गरेका छन् ।


















प्रतिक्रिया