२५ असार २०८३, बिहिबार | July 10, 2026

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ



काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट एक किलोभन्दा बढी खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गएराति कारबाही सञ्चालन गरेको थियो । सोही क्रममा उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा गोली चलाउनुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै भारतीय नागरिक हुन् । उनीहरूले प्रयोग गरेको सवारी साधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ८ : ३६ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट