६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना



नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना खुवाएर १० औ स्थापना दिवस बनाएको छ । पौवाको नेपालगन्ज शाखाले मानवसेवा आश्रम नेपालगन्जमा आश्रितहरुलाई खाना खुवाएर स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसका दिन संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक, शारिरिक कमजोरी तथा मानसिक कमजारी रहेका आश्रितहरुलाई खाना प्रदान गरिएको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । आश्रय बिहिनहरुका लागि ठुलो योगदान गरिरहेको मानवसेवा आश्रमको अभियानमा थोरै भएपनि जोडिन पाउनु पौवाका लागि गौरवको विषय भएको उनले बताए । अध्यक्ष भण्डारीले पौवाका २० वटै शाखाले स्थापना दिवसमा कुनै न कुनै सामाजिक उत्तरदायित्वको कार्य गरिरहेको जानकारी दिए ।

पौवा नेपालगन्जका महाप्रबन्धक गिरिराज पाण्डेले मानवसेवा आश्रममा आश्रित जेष्ठ नागरिक र आश्रित व्यक्तिहरुलाई खाना खुवाएर आशिर्वाद प्राप्त गर्न पाउँदा पौवा टिमलाई खुसी लागेको बताए । ग्राहकहरुलाई उत्कृष्ठ खाना खुवाएर पटक पटक सरकारबाट उत्कृष्ट र स्वस्थकर खानाको उपाधि पाएको पौवाको तर्फबाट आश्रममा आश्रितहरुलाई स्वस्थ र फरक स्वाद दिन स्थापना दिवसमा खाना खुवाउने कार्यक्रम राखिएको उनले बताए ।

मानवसेवा आश्रम नेपालगन्जकी सह संयोजक विष्णु घर्तीले पौवाले स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुलाई खाना प्रदान गर्ने कार्यक्रम राखेकोमा साधुवाद प्रकट गरिन् ।

आश्रममा आश्रित ८० आश्रयकर्ता सहित सेवामा खटने स्वयम सेवकहरुलाई पौवाले आज बिहानको खाना प्रदान गरेको हो । खाना वितरण गर्न पौवा नेपालगन्जका शाखा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, शेयर सदस्य झबिन्द्र मरासिनी, शरण कर्माचार्य, वरिष्ठ शेफ दीपक भण्डारीलगायत पौवाका कर्मचारीहरु मानवसेवा आश्रम पुगेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  २ : ५७ बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा