८ कार्तिक २०८३, आइतबार | October 25, 2026

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु



तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका गर्न हिँडेका पदमार्गको प्रचारका निम्ति पदयात्रा सुरु भएको हो ।

पदमार्गमा पर्ने कोट, गढी, किल्लाहरुको संरक्षण तथा तिनको इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउनुका पदयात्राको उद्देश्य भएको भद्रदल गणका गणपति गौरवसिंह क्षेत्रीले जानकारी दिए ।

गोरखा दरबारबाट आज बिहान सखारै प्रारम्भ भएको पदयात्रा तनहुँको सतिघाट– भन्सार–भीमसेनगढी–बाङ्गेरह– सेपाबगैँचा–टुहुरेपसल–तनहुँसुर –धेनुङ देउराली–केलादीघाट हुँदै आगामी वैशाख ७ गते रुपन्देही स्थित जितगढी किल्ला पुगेर समापन हुनेछ ।

तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको लडाइँमा विजयप्राप्त गरेको दिन वैशाख ७ गतेलाई विजयोत्सवका रूपमा मनाउने गरिँदै आएको छ । पदयात्राले एकीकरण पदमार्गको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १० : ३१ बजे

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै

भारतमा बाँध परियोजना विरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँ दिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा