खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को तयारी पूरा भएको छ । न्यू डाँफे स्पोर्टस् क्लबको आयोजना तथा खजुरा गाउँपालिकाको संरक्षकत्वमा भोलि चैत ३० गतेदेखी प्रतियोगिता सुरु हुन लागेको हो ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि दुई वटा टिम खजुरा आईसकेका छन्, भने अन्य टिमहरु पनि प्रस्थान गरिसकेका छन् । नक आउटका आधारमा खेलाइने प्रतियोगिता आगामी २०८३ बैशाख ७ गतेसम्म चल्नेछ । खजुरा गाउँपालिका वडा नम्बर ४ डिगाउँस्थित मिनी रंगशालामा सञ्चालन हुने प्रतियोगितामा कुल ८ वटा टिम सहभागी हुनेछन् ।
प्रतियोगितामा गोर्खा ब्वाइज स्पोट्र्स क्लब बुटवल, संकटा स्पोट्र्स क्लब काठमाडौं, कांक्रेबिहार स्पोट्र्स क्लब सुर्खेत, फोर ब्रर्दश एफसी नवलपरासी, भारत लखनउको जेविएम फुटबल एकेडेमी, सशस्त्र प्रहरीको विभागिय टिम एपिएफ क्लब, नाईजेरियन जोन क्लब नाइजेरिया र आयोजक टिम न्यू डाँफे स्पोट्र्स क्लब सहभागी हँुदैछन् । प्रतियोगिताको पहिलो दिनगोर्खा ब्वाइज स्पोट्र्स क्लब बुटवल र संकटा स्पोट्र्स क्लब काठमाडौंबीच उद्घाटन खेल हुनेछ ।
प्रतियोगिताको ‘टाइटल स्पोन्सर’ का रुपमा ‘एमटी एरिना’ रहेको छ, भने प्रतियोगितामा प्रथम हुने टिमलाई प्रदान गरिने पुरस्कार राशीलाई अमेरिकामा रहेका खजुराका बासिन्दा एवम् समाजसेवी लिलबहादुर थापाले ब्यहोर्ने भएका छन् । प्रतियोगितामा विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उप–विजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ठ खेलाडीलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताको उद्घाटन भोलि दिउँसो ३ बजे मिनी रंगशालामा गरिनेछ । खजुरा गाउँपालिकाका अध्यक्ष एवम् प्रमुख अतिथी डम्बर बहादुर बिक ‘तुफान’ले औपचारिक समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । प्रतियोगिता उद्घाटन गर्नुअघि विभिन्न परम्परागत बाजागाजा सहित झाँकी निकालिनेछ । प्रतियोगितालाई मध्यनजर गर्दै मिनी रंगशालालाई रंगरोगनसहित सिंगारिएको छ । उद्घाटन समारोह तथा प्रतियोगिता सञ्चालन अवधिभर ठुलो संख्यामा सर्बसाधारण, खेलप्रेमी दर्शकहरु लगायतको सहभागिता रहने अपेक्षा गरेका छौं । प्रतियोगिता उद्घाटन समारोह तथा उद्घाटन खेललाई सर्बसाधारण तथा खेलप्रेमीले निःशुल्क रुपमा अवलोकन गर्न पाउनेछन् भने अन्य दिनका खेल अवलोकनका लागि प्रतिब्यक्ती ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।
गोल्डकप सञ्चालन अवधिभर ५० हजार भन्दाबढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ । प्रतियोगिता अवलोकन गर्नटिकट काटेर प्रवेश गर्ने ७० जना दर्शकलाई दैनिक रुपमा टिर्सट उपहार प्रदान गरिनेछ ।
न्यू डाँफे स्पोर्टस् क्लब२०३८ सालमा भएको हो । स्थापना कालदेखि नै यस क्लबले फुटबल, क्रिकेटलगायत विभिन्न खेलकुद प्रतियोगिताहरू, साँस्कृतिक कार्यक्रमहरू तथा सामाजिक गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्दै आइरहेको छ । हाल खजुरा गाउँपालिकामा सक्रिय रहेका युवाहरूको संगठित प्लेटफर्मका रूपमा क्लब स्थापित भइसकेको छ ।विगत केही वर्षदेखि क्लबले स्थानीय तथा क्षेत्रीय स्तरका फुटबल, क्रिकेट र अन्य खेलकुद प्रतियोगिताहरू आयोजना गर्नुका साथै ठूला चाडपर्व तथा विशेष अवसरहरूमा साँस्कृतिक कार्यक्रम र सामाजिक कार्यहरू गर्दै आइरहेको छ । यसैक्रममा क्लबले यसअघि ‘डाँफे कप फुटबल प्रतियोगिता’को १०औँ संस्करण सफल र भव्य रूपमा सम्पन्न गरिसकेकोे छ ।


















प्रतिक्रिया