१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

देश ‘प्रयोगशाला’ बन्दै गएको पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेपाल प्रयोगशालाजस्तै बन्दै गएको टिप्पणी गरेका छन् ।

नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले राजनीति, राज्यपद्धति र शासन प्रणालीमा भएका बारम्बारका परिवर्तनले अपेक्षित प्रगति नआएको बताएका हुन् । उनका अनुसार परिवर्तनहरू कोरा मात्र सीमित हुँदा राष्ट्रको समग्र विकास पछाडि परेको छ ।

“सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो,” उनले सन्देशमा उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले विगतका वर्षहरूमा अपेक्षित विकास हुन नसकेको र जनमानसमा निराशा बढेको पनि औँल्याएका छन् । यद्यपि, उनले राजनीति र राज्य सञ्चालनमा युवाहरूको बढ्दो सहभागितालाई सकारात्मक रूपमा लिँदै यसले देशलाई नयाँ दिशा दिन सक्ने विश्वास व्यक्त गरेका छन् ।

देश विभिन्न समस्याले ग्रस्त रहेको उल्लेख गर्दै उनले आर्थिक अवस्था सुधार, छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

उनले आन्तरिक सुरक्षा प्रणाली कमजोर भएको उल्लेख गर्दै नागरिकलाई शारीरिक, मानसिक तथा भौतिक सुरक्षा सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । साथै, निषेध, द्वन्द्व र विभाजनको राजनीतिले राष्ट्रलाई कमजोर बनाउने भन्दै आपसी सद्भाव र सहकार्य आवश्यक रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ६ : २५ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई