५ श्रावण २०८३, मंगलबार | July 21, 2026

स्याउका बोट सेताम्मे


३ बैशाख २०८३, बिहिबार  

13
Shares

मुस्ताङ । मुस्ताङको स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका बोटहरु फूलेर सेताम्मे हुँदै जान थालेका हुन् ।

स्याउको राजधानीका रुपमा मुस्ताङ परिचित छ । कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले गर्मी बढेसँगैस्याउ बोटहरुमा फूल फुलेर सेताम्मे हुन थालेको बताए। स्याउलाई चिलिङ (चिस्यान)को आवश्यकता पर्ने उनको भनाइ छ । स्याउलाई शीतोष्ण प्रदेशीय फलफूलको राजा भन्ने गरिएको छ । स्याउको फूल र फल लाग्न ४५ दिनको समय सात डिग्री सेल्सियसभन्दा कम तापक्रमको आवश्यकता पर्ने जनाइएको छ । त्यसपछि स्याउको फूल फुल्ने र फल लाग्ने समयमा तापक्रम न्यूनतम १० डिग्रीदेखि २० डिग्री सेल्सियससम्म तापक्रम आवश्यकता पर्ने प्राविधिक सहायक राउतले उल्लेख गरे ।

मुख्यगरी असोज र कात्तिक महिनामा स्याउको ‘पोस्ट हार्भेस्ट’ गरिएपछि स्याउ बोटको काँटछाँटलगायत स्याउको बगैँचा व्यवस्था गरेपछि बर्सेनि चैत र वैशाख महिनामा स्याउको फूल फुल्ने प्राविधिक सहायक राउतले जानकारी दिए ।

स्याउको गुणस्तर तथा उत्पादन वृद्धिका लागि स्याउ बोटमा फूल फुल्ने बेला पोलिनेशन (परागसेचन) आवश्यकता पर्दछ । स्याउका कतिपय प्रजातिहरु स्वतः प्राकृतिक रुपमा परागसेचन हुने र कतिपय स्याउका जातहरुलाई पर परागसेचनको आवश्यकता पर्ने प्राविधिक सहायक राउतले बताए ।

परागतसेचनका लागि हावा र मौरीको भूमिका हुने उनले जनाउनुभयो । एक हेक्टर स्याउको क्षेत्रफलमा करिब छदेखि आठ वटासम्म मौरी घारको व्यवस्थापन गर्न सकिएमा स्याउको उपयुक्त ढङ्गबाट परागसेचन भई उत्पादन र गुणस्तर बढाउने जनाइएको छ ।

चालु वर्ष छ÷सात पटकसम्म वर्षा र हिमपात भएको भए पनि स्याउ बोटमा फूल फुल्ने बेलामा प्रतिकूल मौसम, वर्षा र हिमपातले असर पु¥याउने गर्छ । स्याउको फूल फुल्ने समयलाई शीतोष्ण फूलका लागि निकै संवेदनशील समयको रुपमा लिने गरिएको छ । जिल्लाको लोमान्थाङदेखि तल्लो मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रका स्याउ बगैँचाका बोटहरुमा फूल फुलेर सेताम्मे भइसकेको छ । स्याउको एक स्फरमा सात वटासम्म फूल फुल्ने गर्छ । अनाधिकृत स्याउका हाँगाहरुमा फूल फुलेमा प्राविधिकको रुपम आवश्यक फूलहरु रहने गरी फूललाई स्थापित गर्नुपर्ने कृषि तथा पशु शाखा मुस्ताङले उल्लेख गरेको छ ।

घरपझोङ–४ जोमसोमका किसान भूपेन्द्र शेरचनले स्याउको फूल फुल्ने बेलामा मौसमले पूर्ण रुपमा साथ दिनुपर्ने बताए। स्याउ बोटमा परागसेचन हुने समयमा वर्षा हुने र मौसम ढुुम्म भएमा स्याउ बोटमा ढुसी पलाएर स्याउको गुणस्तरमा असर पु¥याउने किसान उनको भनाइ छ । स्याउ बोटमा अझै पूर्ण रुपमा फूल फुल्न एक साता समय लाग्ने उनको भनाइ छ ।

यहाँका किसानलाई स्याउखेतीमा अनुदानलगायत किसानलाई स्याउखेतीको बारेमा जानकारी गराएर यहाँका कृषिसँग सम्वन्धित सरकारी निकायहरुले प्रशिक्षित तुल्याउने गरेको उनले जानकारी दिए । जिल्लामा स्याउखेतीका लागि सम्भावना रहेकाले सरकारले स्याउखेतीका लागि खेर गइरहेका सरकारी बाँझो जग्गालाई भाडाको दायरामा ल्याउने नीति बनाउन आवश्यक रहेको किसान उनी बताउँछन्। रोजगार उपलब्ध नहुँदा धेरैजसो युवाहरु विदेश पलायन हुने गरेको जनाउँदै किसान शेरचनले सरकारले सरकारी जग्गालाई नाप नक्सा गरी उपयोगमा ल्याउन सकेमा किसानको आयस्रोतमा वृद्धि हुने र यसबाट सरकारले पनि राजस्व सङ्कलन गर्नमा टेवा पुग्ने बताए ।

जिल्लाका पाँच स्थानीय तहमा गरी स्याउको कूल ८९९.१६ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ । यहाँ स्थानीय परम्परागत स्याउ ८३७.१६ हेक्टरमा र इटालीबाट आयात गरिएको उच्चघनत्व प्रविधिको ‘हाइब्रिड’ स्याउ ६२ हेक्टर क्षेत्रफलमा गरिएको कृषि तथा पशु सेवा शाखाको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये स्याउको उत्पादनशील क्षेत्र स्थानीय जातका स्याउ ५७२ हेक्टर र ‘हाइब्रिड’ स्याउ ५५ हेक्टर छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  १२ : ०० बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान