१ आश्विन २०८३, बिहिबार | September 17, 2026

बुटवल उपमहानगरको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंकको सहकार्य



बुटवल । बुटवल उपमहानगरपालिकाको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंक कम्युनिकेशनले सहकार्य गर्ने भएको छ । उपमहानगरको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंकले इन्टरनेटको तार व्यवस्थित गर्दै सहकार्य गर्ने भएको हो ।

उपमहानगरपालिकाको आह्वानमा वर्ल्डलिंकले आफ्नो इन्टरनेटको तार व्यवस्थित गर्ने र अतिरिक्त तार हटाउने कार्य सुरु गरिसकेको वर्ल्डलिंक बुटवल शाखाका प्रमुख गणेशसिंह खत्रीले बताए । इन्टरनेटको अव्यवस्थित तारका कारण शहरको सौन्दर्यतामा असर परेको भन्दै उपमहानगरले हटाउन आग्रह गरे अनुसार वर्ल्डलिंकले बुटवल उपमहानगरका बिभिन्न स्थानहरुबाट तार व्यवस्थापन र अतिरिक्त तारहरु हटाउने कार्य अगाडी बढाएको उनले बताए । खत्रीले उपमहानगरले बोलाएको बैठकमा प्रतिबद्धता व्यक्त गरे अनुसार आफुहरुले तार व्यवस्थापनको काम सुरु गरिसकेको जानकारी दिए ।

शहरको सौन्दर्यकरणमा वर्ल्डलिंकको सधैं साथ रहने उल्लेख गर्दै खत्रीले सामाजिक उत्तरदायित्वबाट वर्ल्डलिंक कहिल्यै पछि नहट्ने स्पष्ट पारे । वर्ल्डलिंकले बिभिन्न समाजिक, धार्मिक र अत्यावश्यक महशुस भएको क्षेत्रमा निशुल्क वाईफाई सेवा दिँदै आएको पनि उनले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  २ : ५५ बजे

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा

तीन लाखमुनि ओर्लियो सुनको मूल्य, यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको