१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

दसैँतिहारको अवसरमा वर्ल्डलिंकको इन्टरनेट चलाउने ग्राहकलाई अफरै अफर



काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। दशैं र तिहारको अवसर पारेर वर्ल्डलिंक कम्युनिकेसनले विशेष अफर सार्वजनिक गरेको हो ।

वर्ल्डलिंकले घोषणा गरेको अफरमा ग्राहकहरूले इलेक्ट्रिक कार देखि विदेश भ्रमण, र होम अप्लायन्समा ४० प्रतिशतसम्म छुट जस्ता आकर्षक पुरस्कार प्राप्त गर्ने अवसर पाउनेछन्।

ग्राहकहरूले वर्ल्डलिंकको यो अफरमा सहभागी हुनको लागि भने आफ्नो इन्टरनेट बिल खल्ती एप वा वर्ल्डलिंकको अफिसियल काउन्टर मार्फत तिर्नुपर्नेछ। अन्य माध्यमबाट गरिएको भुक्तानीमा यो अफर लागू नहुने वर्ल्डलिंकले स्पष्ट पारेको छ।

अफर अवधिभर बिल भुक्तानी गर्ने ग्राहकहरू बम्पर ड्रमा सहभागी हुनेछन्। यस ड्रबाट चयन हुने एक भाग्यशाली विजेताले वातावरणमैत्री, अत्याधुनिक प्रविधियुक्त इलेक्ट्रिक कार हात पार्नेछन्।

वर्ल्डलिंकका अनुसार यसका अतिरिक्त, प्रत्येक हप्ता १२ भाग्यशाली जोडीलाई थाइल्यान्ड, मलेसिया, भियतनाम, सिंगापुर, र दुबई भ्रमण गर्ने अवसर प्रदान गरिनेछ। सबै भ्रमण प्याकेज वर्ल्डलिंकको तर्फबाट पूर्णरूपमा खर्च व्यहोर्ने गरिनेछ।

ग्राहकहरूले वर्ल्डलिंकको अफरअन्तर्गत सामसुङ ब्रान्डका होम अप्लायन्सहरूमा ४० प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्नेछन्। यसअन्तर्गत टिभी, फ्रिज, वाशिङ मेसिन लगायतका सामग्रीहरूमा छुट लागू हुनेछ।

वर्ल्डलिंकले यस अफरमार्फत आफ्ना लाखौं ग्राहकहरूप्रति आभार प्रकट गर्दै चाडपर्वको उल्लासमा थप उत्साह ल्याउने प्रयास गरेको बताएको छ। कम्पनीले देशभरका ग्राहकहरूलाई डिजिटल सेवासँगै यस्ता रिवार्ड योजना प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ९ : ५३ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको