४ भदौ २०८३, बिहिबार | August 20, 2026

दशौँ एनभीए लिग आजदेखि, महिला-पुरुष दुवैतर्फ प्रतिस्पर्धा



काठमाडौं । दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा लिग दशरथ रंगशालास्थित कभर्डहलमा १० दिनसम्म सञ्चालन हुनेछ ।

लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पहिलो दिन महिला र पुरुषतर्फ दुई-दुई खेल हुने तालिका छ । महिलातर्फ बिहान ८ बजे एपीएफ र त्रिभुवन आर्मी क्लबबीच उद्घाटन खेल हुनेछ भने बिहान १० बजे नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब आमनेसामने हुनेछन् ।

पुरुषतर्फ मध्याह्न १२ बजे हेल्प नेपाल क्लब र बुढानिलकण्ठ भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ भने अपराह्न ४ बजे त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लबबीच खेल हुनेछ ।

लिगका खेलहरू सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुनेछन् । प्रतियोगितामा महिला र पुरुषतर्फ गरी कुल ४५ खेल हुनेछन्, जसमा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल लिग चरणमा खेलाइनेछन् ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), रुकुम पश्चिम भलिबल क्लब, कोशी प्रदेश भलिबल क्लब र बुढानिलकण्ठ भलिबल क्लब सहभागी छन् । महिलातर्फ न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणपछि दुवैतर्फ शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । प्रतियोगिताका विजेताले १० लाख रुपैयाँसहित ट्रफी, उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी, महिला र पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडीले ६० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकले जनही ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

गत संस्करणमा पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ न्यू डायमण्डले उपाधि जितेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ७ : ५३ बजे

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक

घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय