८ कार्तिक २०८३, आइतबार | October 25, 2026

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना



बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा तत्काल हटाउन सूचना जारी गरेको छ । सूचना अनुसार सम्बन्धित संरचना नहटाइएमा महानगर आफैंले हटाउने तयारी गरेको छ ।

उक्त जग्गा साबिक लुम्बिनी अन्चलाधिश कार्यालय बुटवलको नाममा दर्ता भई तत्कालीन सरकारको निर्णयअनुसार हाल उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई भोगाधिकार प्राप्त रहेको जनाइएको छ ।

बुटवल उपमहानगरपालिका साबिक वडा नं. ६ हाल वडा नं. ४ अन्तर्गत पर्ने साविक कित्ता नं. ३९६ (हाल कित्ता नं. ७८१२६११३४) को करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा बनेका घरटहरा हटाउन महानगरले सार्वजनिक सूचना जारी गरेको हो ।

उपमहानगरपालिकाले उक्त क्षेत्र अतिक्रमणमुक्त गराउने उद्देश्यले तत्काल संरचना हटाउन आग्रह गरेको छ । अन्यथा कानुनी प्रक्रिया अनुसार बल प्रयोग गरेर हटाइने चेतावनी समेत दिइएको छ ।

स्रोतका अनुसार सम्भवत: भोलि बिहानैदेखि उक्त क्षेत्रमा डोजर परिचालन हुन सक्ने बताइएको छ । उपमहानगरपालिकाको यस कदमसँगै स्थानीय बासिन्दामा चासो र त्रास दुवै बढेको छ ।

उपमहानगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण र व्यवस्थापनलाई प्राथमिकतामा राख्दै यस्ता अतिक्रमणविरुद्ध अभियानलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ८ : ०५ बजे

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै

भारतमा बाँध परियोजना विरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँ दिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा