२१ भदौ २०८३, आइतबार | September 7, 2026

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र यूएईबीच महत्वपूर्ण खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुने यस खेलमा नेपाल रोहित पौडेल र यूएई मोहम्मद वासिम को कप्तानीमा मैदान उत्रनेछन् ।

दुवै टोली शीर्ष ६ मा रहँदै अन्तर्राष्ट्रिय मान्यता जोगाउनका लागि जित निकाल्न दबाबमा छन् । जारी त्रिकोणात्मक शृंखलामा तीनवटै टोलीले एक-अर्काविरुद्ध दुई-दुई खेल खेल्ने तालिका रहेको छ ।

यसअघि खेलेका खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो भने ओमानसँग १०२ रनले हार व्यहोरेको छ । यूएईले भने पहिलो खेलमा नेपालसँग हार बेहोरेपछि दोस्रो खेलमा ओमानलाई २५ रनले पराजित गरेको छ ।

अंकतालिकामा दुवै टोली पुछारतिर रहेका छन् । समान २२ खेल खेलेका नेपाल र यूएईले ६-६ खेलमा जित निकालेका छन् । नेपाल १४ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ भने १२ अंकसहित यूएई अन्तिम स्थानमा रहेको छ ।

घरेलु मैदानको फाइदा उठाउँदै नेपाल आजको खेलमा जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । शुक्रबारको खेलपछि वैशाख २० गते ओमान र यूएई तथा वैशाख २२ गते नेपाल र ओमानबीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ८ : २४ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त