२१ भदौ २०८३, आइतबार | September 7, 2026

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईसामु २९० रनको लक्ष्य



काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त अरब इमिरेट्स ९यूएई० बीच खेल भैरहेको छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले यूएईलाई जितका लागि २९० रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनायो। नेपालको पारीमा उपकप्तान दीपेन्द्र सिंह ऐरीले शानदार सतक बनाएका छन् । उनले ९४ बलमा १०० रन बनाए ।

अन्य ब्याटरमध्ये विनोद भण्डारीले ५६ रनको योगदान दिए भने कप्तान रोहित पौडेलले ३९ रन जोडे। गुलशन झाले पनि ४४ रन बनाउँदै टोलीको स्कोर मजबुत बनाउन सहयोग गरे।

यूएईका बलरहरूतर्फ अजय कुमार र जुनैद सिद्धिकीले समान २–२ विकेट लिए भने तनवीर हैदर अलीले १ विकेट हात पारे।

यसअघिको भेटमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो, जसले आजको खेलमा पनि नेपालको मनोबल उच्च देखिएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  २ : ०९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त