२४ श्रावण २०८३, आइतबार | August 9, 2026

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने



नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता २०८३ हुने भएको छ । २० वर्ष उमेर सम्मको खेलाडी खेलमा सहभागी हुन पाउने गरी अशोक स्मृति कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

श्री दि फेमस महिन्द्र दल गण भूपू र न्यू डाँफे स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा खजुरा डि गाउँ स्थित मिनी रंगशालामाको वैशाख २७ गते देखि प्रतियोगिता सञ्चालन गरिने आयोजक दि फेमस महिन्द्र दल गण भूपू अध्यक्ष कृष्ण लाल गिरीले जानकारी दिए । जिल्ला र पालिकामा दर्ता भएका १२ टिमको प्रतियोगितामा सहभागिता रहने न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालराम खत्रीले जानकारी दिए ।

नेपाली सेनामा कार्यरत रहेका अशोक बिक फुटबल खेलाडी समेत रहेका थिए । खेलाडी विकको स्मृतिमा हुन लागिरहेको फुटबल प्रतियोगितामा विजेता हुने टिमले नगद ५१ हजार ट्रफी र मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता टिमले नगद ३१ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने महिन्द्र दल गण भूपूका कोषाध्यक्ष बलबहादुर खड्काले बताए ।

खेल नकआउट प्रक्रियामा सञ्चालन गरिने आयोजकहरुले जनाएका छन् । प्रतियोगिताको प्रथम राशि मुख्य आयोजक महिन्द्र दल गढ भूपुले र दोस्रो पुरस्कार राशि स्वर्गीय अशोकका भाइ तथा न्यु डाफे स्पोर्ट्स क्लबका पूर्व अध्यक्ष हरिप्रकाश विकले बेहोर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।

प्रतियोगितामा विधागत पुरस्कारहरू समेत प्रदान गरिने विकले जानकारी दिए । प्रतियोगितामा अल राउन्ड वेस्ट खेलाडीलाई हिरोको साइकल प्रदान गरिने छ । यस्तै अन्य विधागत उत्कृष्ट खेलाडीलाई नगद २५०० का दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा हरेक दिनको उत्कृष्ट खेलाडीलाई १ हजार नगद सहित पुरस्कृत गरिने छ । पत्रकार सम्मेलनमा भूपू समितिका पदाधिकारी, न्यू डाँफे स्पोर्ट्स क्लबका पूर्व अध्यक्ष लोक बहादुर खत्री, नि वर्तमान अध्यक्ष तिलकबिर सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ८ : ५१ बजे

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात्

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार

किसुनजी आश्रम पुगेर खड्काले लिए पार्टी एकताको संकल्प

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीका

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन

आदिवासी जनजातिको अधिकारको संघर्ष अझ सशक्त बनाउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी