१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलिले बुटवल उपमहानगरपालिका ११ कालिकानगरबाट ४३ लाख बढीको हुक्काको भेप सहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका ११ कालिका नगर बस्दै आएका ३५ वर्षिय पिङ्कु जयसवाल रहेका छन् । जयसवालले भाडामा लिएर भण्डारण गरेको गोदामबाट भेप सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद भएको समानहरुमा हुक्काको भेप १५७ पिस, हुक्कामा प्रयोग हुने कोईला, ९ हजार ४२२ पिस, हुक्कामा प्रयोग हुने फ्लेवर ५५२ पिस, हुक्का सेट १९० पिस, हुक्का बेस ३३ पिस, हुक्काको एअर बलर ४५ पिस, हुक्काको पाईप ६०० पिस रहेको छ ।

त्यसैगरि प्रहरीले हुक्का प्लाउट १०० पिस, हुक्का चिलिम ७०० पिस र हुक्का हिटर २२ पिस पनि बरामद गरेको छ ।

पक्राउ परेका जयसवाललाई बरामद सामानसहित थप अनुसन्धान तथा कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ५ : ३३ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको