५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलिले बुटवल उपमहानगरपालिका ११ कालिकानगरबाट ४३ लाख बढीको हुक्काको भेप सहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका ११ कालिका नगर बस्दै आएका ३५ वर्षिय पिङ्कु जयसवाल रहेका छन् । जयसवालले भाडामा लिएर भण्डारण गरेको गोदामबाट भेप सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद भएको समानहरुमा हुक्काको भेप १५७ पिस, हुक्कामा प्रयोग हुने कोईला, ९ हजार ४२२ पिस, हुक्कामा प्रयोग हुने फ्लेवर ५५२ पिस, हुक्का सेट १९० पिस, हुक्का बेस ३३ पिस, हुक्काको एअर बलर ४५ पिस, हुक्काको पाईप ६०० पिस रहेको छ ।

त्यसैगरि प्रहरीले हुक्का प्लाउट १०० पिस, हुक्का चिलिम ७०० पिस र हुक्का हिटर २२ पिस पनि बरामद गरेको छ ।

पक्राउ परेका जयसवाललाई बरामद सामानसहित थप अनुसन्धान तथा कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ५ : ३३ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११