२१ भदौ २०८३, आइतबार | September 7, 2026

विश्वकप लिग-२ को अन्तिम खेल आज : नेपाल र ओमान आमनेसामने



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेल आज हुँदैछ । अन्तिम खेलमा नेपाल र ओमान आमनेसामने हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल आज बिहान साढे ९ बजे सुरु हुनेछ । सिरिजको अघिल्लो खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । त्यसैले नेपाल आज बदलासहित जित निकाल्दै सिरिज सुखद रूपमा टुंग्याउने लक्ष्यमा रहेको छ ।

यस सिरिजमा नेपालले यूएई विरुद्धका दुवै खेलमा जित हात पारेको छ । आठ राष्ट्र सहभागी लिग-२ को अंकतालिकामा नेपाल सातौँ स्थानमा छ भने ओमान तेस्रो स्थानमा रहेको छ । लिग-२ का शीर्ष चार टोली विश्वकप छनोटमा प्रवेश गर्नेछन् ।

नेपालले यो सिरिजपछि मे १२ देखि अर्को सिरिज खेल्नेछ, जसमा अमेरिका र स्कटल्यान्ड सँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ८ : ३७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त