२७ श्रावण २०८३, बुधबार | August 13, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा



काठमाडौं । टर्कीको इस्तानबुलबाट २७८ यात्रु बोकेर काठमाडौं आएको टर्किस एयरलाइन्सको विमानमा ल्यान्डिङपछि आगो देखिएपछि केही समय अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

जहाजलाई रनवेबाट हटाएपछि दुईघण्टादेखि रोकिएको उडान-अवतरण सुचारु भएको हो ।

विमान अवतरण गरेपछि धावनमार्गमा टर्न गर्ने क्रममा ल्यान्डिङ गियर क्षेत्रमा आगो देखिएको थियो । आगो देखिएलगत्तै विमानमा रहेका सबै यात्रुलाई आकस्मिक रूपमा सुरक्षित बाहिर निकालिएको थियो ।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार चक्कामा लागेको आगो दमकलको सहायतामा निभाइएको थियो । विमानलाई रनवेमै रोकेर आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार गरिएको थियो । आवश्यक प्रक्रिया पूरा भएपछि विमानस्थलको सेवा पुनः सुचारु गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ९ : ०० बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको