६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा



काठमाडौं । टर्कीको इस्तानबुलबाट २७८ यात्रु बोकेर काठमाडौं आएको टर्किस एयरलाइन्सको विमानमा ल्यान्डिङपछि आगो देखिएपछि केही समय अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

जहाजलाई रनवेबाट हटाएपछि दुईघण्टादेखि रोकिएको उडान-अवतरण सुचारु भएको हो ।

विमान अवतरण गरेपछि धावनमार्गमा टर्न गर्ने क्रममा ल्यान्डिङ गियर क्षेत्रमा आगो देखिएको थियो । आगो देखिएलगत्तै विमानमा रहेका सबै यात्रुलाई आकस्मिक रूपमा सुरक्षित बाहिर निकालिएको थियो ।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार चक्कामा लागेको आगो दमकलको सहायतामा निभाइएको थियो । विमानलाई रनवेमै रोकेर आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार गरिएको थियो । आवश्यक प्रक्रिया पूरा भएपछि विमानस्थलको सेवा पुनः सुचारु गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ९ : ०० बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा