५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

‘मोबाइल’को निउँमा भनाभन हुँदा…



चितवन । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका-१७ का २७ वर्षीय कृष्णबहादुर खड्का र स्याङ्जाको साविक जगतभञ्ज्याङ गाउँ विकास समिति वडा नम्बर ४ घर भई हाल पोखरा महानगरपालिका-१५ बस्ने २८ वर्षीय सम्राट गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार उनीहरुलाई पोखरा महानगरपालिका-८ स्थित अशोक होटलबाट पक्राउ हालै गरिएको हो । पक्राउ परेकामध्ये खड्काले यही वैशाख २२ गते भरतपुर महानगरपालिका-७ बुद्धचोकस्थित सम्भव अटो पसल अघि रुपन्देहीको सैनामैना नगरपालिका-६ का ३० वर्षीय आशिष खनाललाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । खड्का र खनालबीच आर्थिक लेनदेन र मोबाइलको विषयमा विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

खनालको मोबाइल खड्काले चलाउँदै आएको तर फिर्ता माग्दा सामाजिक सञ्जालमा विवाद भएको भेटिएको पुरीले बताए । गुरुङ्ले खड्कालाई लुकाइछिपाइ राख्ने सहयोग गरेको अभियोगमा पक्राउ गरिएको हो । दुवै जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएर थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ८ : ०५ बजे

आईसीसी विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको प्लेअफ प्रतियोगिता नेपालमा

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा