२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

‘मोबाइल’को निउँमा भनाभन हुँदा…



चितवन । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका-१७ का २७ वर्षीय कृष्णबहादुर खड्का र स्याङ्जाको साविक जगतभञ्ज्याङ गाउँ विकास समिति वडा नम्बर ४ घर भई हाल पोखरा महानगरपालिका-१५ बस्ने २८ वर्षीय सम्राट गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार उनीहरुलाई पोखरा महानगरपालिका-८ स्थित अशोक होटलबाट पक्राउ हालै गरिएको हो । पक्राउ परेकामध्ये खड्काले यही वैशाख २२ गते भरतपुर महानगरपालिका-७ बुद्धचोकस्थित सम्भव अटो पसल अघि रुपन्देहीको सैनामैना नगरपालिका-६ का ३० वर्षीय आशिष खनाललाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । खड्का र खनालबीच आर्थिक लेनदेन र मोबाइलको विषयमा विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

खनालको मोबाइल खड्काले चलाउँदै आएको तर फिर्ता माग्दा सामाजिक सञ्जालमा विवाद भएको भेटिएको पुरीले बताए । गुरुङ्ले खड्कालाई लुकाइछिपाइ राख्ने सहयोग गरेको अभियोगमा पक्राउ गरिएको हो । दुवै जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएर थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ८ : ०५ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु