२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वडाबाट केन्द्रमा आएका सबै फाइल अबको एक हप्ता अर्थात् सोमबारभित्र शून्य बनाउन निर्देशन दिएकी छन् ।

महानगरका क्रियाकलापको पाक्षिक समीक्षा कार्यक्रममा आज उनले विभागीय प्रमुखहरूलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाएर शून्य फाइल बनाउने नीति कार्यान्वयन गर्न निर्देशन दिइन् ।

कार्यवाहक प्रमुख डङ्गोलले बजेट कार्यान्वयन गर्दा गुणस्तरीयता कायम हुन नसक्ने अवस्था भए, त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न वडा सचिवहरूलाई समेत निर्देशन दिइन् । “बेरुजु शून्य बनाउन महत्त्वपूर्ण लगाव चाहिएको छ । राजस्व सङ्कलनलाई प्रभावकारी बनाउनुपर्नेछ । सार्वजनिक जग्गा अतिक्रमण हटाएर भएका सम्पत्तिको अभिलेखन प्रभावकारी बनाउनुपर्नेछ । पूर्वाधारका कामलाई गुणस्तर बनाउनुपर्नेछ । रातको समयमा सडकबत्ती निभ्न नदिने व्यवस्था मिलाउनु पर्नेछ । भू–प्रशासनलाई चुस्त बनाउनुपर्नेछ । वडामै महानगरको मुहार देखिने भएकाले यसतर्फ सबै संवेदनशील बनौँ”, उनले भनिन् ।

वित्त विभागका प्रमुख डा शिवराज अधिकारीले हालसम्म महानगरको खर्च प्रतिशत ४० दशमलव ९४ र वडाहरूको ३९ दशमलव तीन प्रतिशत रहेको जानकारी दिए । सबैभन्दा धेरै खर्च गर्ने वडाले ५७ दशमलव १७ प्रतिशत प्रगति गरेको, त्यसपछि ५६ दशमलव ४७ र ५० दशमलव ६२ प्रतिशत खर्च भएको उहाँले बताउनुभयो ।

यसैगरी सबैभन्दा कम खर्च गर्ने वडाको खर्च १३ दशमलव २१ प्रतिशत रहेको छ भने त्यसभन्दा बढी खर्च गर्नेमा दोस्रोको १६ दशमलव ८१ र तेस्रोको खर्च प्रतिशत १७ दशमलव ६८ प्रतिशत छ ।

महानगरले वडालाई ठूला, मझौला र साना गरी तीन प्रकृतिमा विभाजन गरेर बजेट विनियोजन गर्ने गरेको छ । वडा नं १, ३, ४, ६, ७, ९, १०, ११, १३, १४, १५, १६, २६, ३१ र ३२ गरी १५ वडा ठूला, २, ५, ८, १२, १७, २२, २४, २५, २८, २९ र ३० गरी ११ वडा मझौला र बाँकी १८, १९, २०, २१, २३ र २७ लाई साना वडामा राखिएको छ ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रबाहेक अन्य वडास्तरीय क्षेत्रगत विकासका लागि ठूला वडालाई रु १० करोड, मझौलालाई रु सात करोड ५० लाख र साना वडालाई रु पाँच करोड बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : ३९ बजे

के तपाईको इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या

काठमाडौं । तत्काल ऊर्जा र सतर्कता बढाउने दाबी गरिएका इनर्जी

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा

विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको निधन

काठमाडौं । विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको ८१ वर्षको उमेरमा

‘पार्वती’को ‘मेरो दिदी’ सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न