१० भदौ २०८३, बुधबार | August 26, 2026

संसदलाई अपमान गर्ने प्रधानमन्त्री पदमा बस्न मिल्दैन : हर्क साम्पाङ

"राजीनामा दिएर मार्ग प्रशस्त गर्दा लोकतन्त्र र जनता सम्मानित हुन्छन्"



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्।

अध्यक्ष साम्पाङले शुक्रबार विज्ञप्ति जारी गर्दै संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित भएको भन्दै प्रधानमन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।

साम्पाङले राष्ट्रपति समक्ष सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गराएपछि संसदमा त्यससम्बन्धी छलफलका क्रममा प्रधानमन्त्री उपस्थित नभएको, सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ नदिएको तथा प्रतिनिधिसभालाई सम्बोधन नगरेको आरोप लगाएका छन्।

उनले संसदप्रति प्रधानमन्त्रीको यस्तो व्यवहारले लोकतान्त्रिक प्रणाली, संसदीय मर्यादा र जनताको सार्वभौम अधिकारमाथि आघात पुगेको उल्लेख गरेका छन्। संसदलाई अपमान गर्ने र न्यूनतम जिम्मेवारीसमेत पूरा गर्न नसक्ने प्रधानमन्त्री पदमा बसिरहन नैतिक रूपमा उपयुक्त नहुने उनको भनाइ छ।

“न्यूनतम कर्तव्यसमेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुने र जनता सम्मानित हुने देखिन्छ,” विज्ञप्तिमा उल्लेख छ।

साम्पाङले सरकार संसदलाई छलेर अध्यादेशमार्फत शासन गर्न खोजिरहेको आरोप पनि लगाएका छन्। उनले सीमासुरक्षा, सुशासन र जनजीविकाका सवालमा सरकार असफल भएको दाबी गर्दै वर्तमान नेतृत्वले देश र जनतालाई निराश बनाएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ९ : २८ बजे

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, रसुवाको त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न