१७ असार २०८३, बुधबार | July 1, 2026

जबजको वैचारिक विरासतले जनताको पक्षमा दृढ रहन प्रेरित गर्छ : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद (जबज) को वैचारिक विरासतले आज पनि जनताको पक्षमा दृढतापूर्वक उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका छन्।

३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै ओलीले स्वर्गीय भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्तो बताएका हुन् ।

ओलीले ३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय घटनामा मदन भण्डारी र जीवराज आश्रितलाई गुमाएको स्मरण गर्दै समय बित्दै जाँदा पनि उनीहरूको अभाव झन् गहिरिँदै गएको उल्लेख गरेका छन्।

उनले मदन भण्डारीलाई आफ्नो नेता, साथी र सहयोद्धाका रूपमा स्मरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने ‘जनताको बहुदलीय जनवाद’ निर्माणका अगुवा भएको बताएका छन्। त्यस अवधिमा मदन भण्डारीको निकटतामा रहेर काम गरेको स्मरण पनि उनले गरेका छन्।

ओलीका अनुसार जनताको बहुदलीय जनवादले विचारलाई युगअनुकूल मौलिक परिष्कार गर्दै आन्दोलनलाई बलियो आवाज दिएको र परिवर्तनको सपनालाई जनताको जीवनसम्म पुर्‍याउने मार्गचित्र प्रदान गरेको थियो। यही विचारलाई आधार बनाएर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा अघि बढाइएको उनको भनाइ छ।

उनले पछिल्लो दशकमा उक्त अभियानले मानवीय तथा भौतिक पूर्वाधार विकासमा सकारात्मक परिवर्तन ल्याउन थालेको पनि उल्लेख गरेका छन्।

ओलीले मदन भण्डारी, जीवराज आश्रित तथा आन्दोलनका अन्य अग्रजहरूको शारीरिक अनुपस्थिति भए पनि उहाँहरूको विचार र योगदान राजनीतिक यात्रामा दीपस्तम्भसरह रहेको बताएका छन्। उनले जबज कुनै क्षणिक लोकप्रियताको औजार नभई यथार्थको धरातलमा उभिएको सशक्त विचार भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ९ : २४ बजे

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६