१० भदौ २०८३, बुधबार | August 26, 2026

एमालेले १० महिनापछि फिर्ता गर्‍यो विद्या भण्डारीको सदस्यता



काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बसेको सचिवालय बैठकले १० महिनाअघि गरिएको निर्णय उल्टाउँदै भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको हो। बैठकपछि पार्टी सचिव पद्मा अर्यालले पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता दिने निर्णय भएको जानकारी दिइन्।

यसअघि २०८२ साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। राष्ट्रपति तथा नेपाली सेनाको परमाधिपतिसमेत भइसकेको व्यक्तिलाई पुनः सक्रिय पार्टी राजनीतिमा फर्काउन नहुने तर्क गर्दै उक्त निर्णय गरिएको थियो। जबकि भण्डारीले दुई वर्षअघि नै सदस्यता नवीकरण गरिसकेकी थिइन् र नियमित रूपमा लेबी पनि बुझाउँदै आएकी थिइन्।

भण्डारीले एमालेको ११औँ महाधिवेशनमा पार्टी नेतृत्वका लागि सक्रिय भूमिका खेल्ने तयारी थालेपछि अध्यक्ष ओलीले उनको सदस्यता रोकेको चर्चा पार्टीभित्र व्यापक रूपमा भएको थियो। त्यस निर्णयप्रति एमालेभित्रै केही नेताहरूले नेतृत्व शैलीको आलोचना गरेका थिए।

पछिल्लो समय पार्टीभित्र शक्ति सन्तुलन फेरिँदै जाँदा ओली र भण्डारीबीचको राजनीतिक दूरी घटेको संकेत देखिएको छ। आइतबार बल्खुस्थित एमालेको पुरानो केन्द्रीय कार्यालय रहेको स्थानमा आयोजित ३३औँ मदन–आश्रित स्मृति सभामा भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।

स्वास्थ्य उपचारपछि विश्राममा रहेका ओली कार्यक्रममा उपस्थित नभए पनि भण्डारीलाई प्रमुख अतिथि बनाउन स्वयंले सुझाव दिएको नेताहरूले बताएका छन्। त्यसको भोलिपल्ट नै सचिवालय बैठकले उनको सदस्यता पुनः बहाल गर्ने निर्णय गरेपछि एमालेभित्र ओली–भण्डारी सम्बन्धमा नयाँ समीकरण बनेको चर्चा सुरु भएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ८ : १८ बजे

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, रसुवाको त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न