१० भदौ २०८३, बुधबार | August 26, 2026

नेरामाविले भन्यो विद्यालयका हिसावकिताव पारदर्शी छ



खजुरा । बाँकेको खजुरा स्थित नेरामाबिले बिद्यालयका विषयमा सामाजिक सञ्जालमा आएका आरोपहरुको खण्डन गरेको छ । विद्यालयले आज स्थानीय पत्रकारहरुलाई बोलाएर विद्यालयमाथि लागेका आरोपहरुको खण्डन गरेको हो ।

विद्यालयले निरन्तर प्रगती र उत्साहजनाक नतिजा ल्याइरहेको दाबी गर्दै भ्रमपूर्ण आरोपहरुबाट विद्यालय परिवार बिचलित नहुने प्रतिबद्धता व्यक्त गरेको छ । पत्रकार भेघाटमा बोल्दै प्रधानाध्यापक माधव शर्माले आफु विद्यालयमा आएदेखि नै विद्यालयले निरन्तर राम्रो नतिजा ल्याईरहेको दाबी गरे । उनले २०८१ को एसइईमा ८४.६७ र २०८२ मा ९४.१७ प्रतिशत विद्यार्थी उतिर्ण भएको जानकारी दिए । पालिका स्तरकै मुल्याँकनमा तेस्रो स्थानमा रहेको विद्यालय अतिरिक्त क्रियाकलापमा पनि पटक पटक सर्वोकृष्ट बन्न सफल भएको उनले बताए ।

प्रधानाध्यापक शर्माले विद्यालयको सम्पूर्ण हिसावकिताव पारदर्शी र अभिावकबाट अनुमोदीत रहेको बताउँदै विद्यालय व्यवस्थापन समिति र अभिावकहरुको साझा धारण बनाएर विद्यालय संचालन गर्ने गरिएको बताए । अभिावकहरुको भेलाबाट अनुमोदन गराई विद्यालय व्यवस्थापन समितिको निर्णयबाट अभिभावकसँग स्वेच्छिक सहयोग शुल्क लिने गरिएको जनाउँदै उनले स्थानीय तहले तोकेको बिधि अनुसार पूर्णरुपमा छात्रबृत्ति समेत प्रदान गरिएको जानकारी दिए । ३ जना नीजि स्रोतबाट शिक्षक राख्नुपरेको र अन्य भौतिक खर्चपनि व्यहोर्नु पर्ने भएकाले अभिभावकबाट स्वेच्छिक शुल्क लिने गरिएको उनले बताए ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष यामु मल्लले गतवर्षदेखि कक्षा ११ र १२ संचालन गरिएको र सरकारको नीतिमा ११ र १२ कक्षा संचालन गरेको ३ वर्ष नपुग्दासम्म अनुदान सहयोग नपाइने भएका कारण पनि स्वेच्छिक शुल्क लिनुपर्ने बाध्यता आएको बताइन् । उनले विद्यालयसँग पर्याप्त स्रोत नभएका कारण पनि आर्थिक संकट झेलिरहेको बताइन् । उनले सामाजिक सञ्जाल मार्फत लगाइएको आरोप दुरासयपूर्ण रहेको जनाउँदै विद्यालयमा आएर एक एक हिसाव हेर्न सरोकारवालाई आग्रह गरिन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ३ : ४५ बजे

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा