१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

ओलीमाथि दबाबका बीच एमाले सचिवालय बैठक जारी



काठमाडौं । नेकपा एमाले को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली को निवासमा जारी छ । शुक्रबारदेखि सुरु भएको बैठक आज तेस्रो दिनमा प्रवेश गरेको हो ।

बैठकमा अधिकांश पदाधिकारीहरूले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न दबाब दिएका छन् । स्रोतका अनुसार, शुक्रबार र शनिबार धारणा राख्ने अधिकांश नेताहरू ओलीको विपक्षमा उभिएका थिए ।

शनिबार महासचिव शंकर पोखरेलले समेत घुमाउरो शैलीमा पार्टी अहिलेको अवस्थाबाट अघि बढ्न नसक्ने धारणा राखेका थिए । उपमहासचिवहरू योगेश भट्टराई र रघुबिर महासेठ, सचिवहरू छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कँडेल ले पनि ओलीको नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए । यसअघि उपाध्यक्ष विष्णु पौडेल सहित चार उपाध्यक्षले समेत नेतृत्व परिवर्तनको संकेत गरेका थिए ।

उपाध्यक्ष रामबहादुर थापा, सचिव महेश बस्नेत, उपमहासचिव लेखराज भट्ट र सचिव पद्मा अर्याल भने ओलीको पक्षमा उभिएका छन् । उनीहरूले संकटको समयमा नेतृत्वको संरक्षण गर्नुपर्ने बताएका छन् ।

आजको बैठकमा बोल्न बाँकी रहेका सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारी ले धारणा राख्ने कार्यक्रम छ । त्यसपछि अध्यक्ष ओलीले सचिवालय बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

बहुमत पदाधिकारीहरूले अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरे पनि ओली त्यसका लागि तयार छैनन् । आफू महाधिवेशनबाट निर्वाचित नेतृत्व भएकाले कसैले भन्दैमा पद नछाड्ने अडान उनले लिएका छन् । ओलीले सचिवालय बैठकमा उठेका विषयहरू केन्द्रीय कमिटीमा लगेर थप छलफल गर्नुपर्ने पक्षमा रहेको बताइएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  १ : १० बजे

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली । दक्षिणी भारतमा यस गर्मी मौसममा तापलहर (लु) का

विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्र परिसरमा आगलागी

नेपालगन्ज । बाँकेको नेपालगन्ज स्थित विद्युत प्राधिकारणको नेपालगन्ज वितरण केन्द्र

पाकिस्तानको बलुचिस्तानमा रेलमा विस्फोट, २४ को मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका

तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं । वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये

नेपाल चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन । नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७