१४ भदौ २०८३, आइतबार | August 31, 2026

ओमान ९४ रनमै समेटियो, सेमिफाइनलमा नेपाललाई ९५ रनको लक्ष्य



काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ९४ रनमा समेट्दै फाइनल यात्रातर्फ बलियो आधार बनाएको छ ।

सिंगापुरस्थित नेसनल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रन बनाउँदै अलआउट भयो । अब नेपालले फाइनल प्रवेशका लागि ९५ रनको सामान्य लक्ष्य पछ्याउनेछ ।

नेपालका बलरहरूले सुरुदेखि नै अनुशासित र कसिलो प्रदर्शन गर्दै ओमानका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । तीव्र गतिका बलर करण केसीले चार ओभरमा एक मेडनसहित २० रन खर्चेर तीन विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे ।

सन्दीप लामिछानेले चार ओभरमा १९ रन खर्चेर दुई विकेट लिए भने सोमपाल कामीले एक मेडनसहित २६ रन दिएर दुई विकेट हात पारे । साहब आलम, कुशल मल्ल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।

ओमानका लागि कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रन बनाए । जुबैर अल बालुशीले २२ तथा अब्दुल जलीलले १६ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

समूह ‘ए’ को विजेता बनेर सेमिफाइनल पुगेको नेपाल लगातार तेस्रो जितको खोजीमा छ । नेपालले यसअघि समूह चरणमा चीनलाई २२१ रन र मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगिताको सेमिफाइनलमा पुगेसँगै नेपालले एसियन गेम्समा स्थान सुरक्षित गरिसकेको छ । अब नेपाल ओमानविरुद्धको लक्ष्य पूरा गर्दै फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  ८ : ४९ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति