१४ भदौ २०८३, आइतबार | August 31, 2026

रास्वपाले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस-एमालेका शीर्ष नेताहरु नजाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू सहभागी नहुने भएका छन् ।

रास्वपाले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिलाई बैठकमा सहभागी हुन निमन्त्रणा गरेको थियो। तर, कांग्रेस र एमालेका शीर्ष नेतृत्व बैठकमा नआउने भएका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे बैठकमा सहभागी हुने कांग्रेस प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् ।

त्यसैगरी, नेकपा एमालेका तर्फबाट प्रमुख सचेतक ऐन महर सहभागी हुने जनाइएको छ ।

सर्वदलीय बैठक आज बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने कार्यक्रम छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, संसद्को अवस्था तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गरिनेछ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ८ : ५४ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति