५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

नवनियुक्त मन्त्री भण्डारीलाल अहिरको नियुक्ति फिर्ता लिन जसपा नेपालको माग



नेपालगन्ज । जसपा नेपालले लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई नियुक्त गरिएकोमा आपत्ति प्रकट गरेको छ ।

सोमबार जसपा नेपालका प्रवक्ता मनिषकुमार सुमनले प्रेस विज्ञप्ति जारी गरी मन्त्री अहिरको नियुक्ति प्रति आपत्ति जनाउँदै अहिरलाई हटाउन माग गरेका हुन्। भण्डारीलाल अहिरलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रवक्ता सुमनले माग गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार मात्रै अर्का मन्त्री आदेश कुमार अग्रवालबाट राजिनामा लिएर अहिरलाई मन्त्री नियुक्त गरेका थिए। उनलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।

सर्वोच्च अदालतले जसपा नेपालबाट विभाजन भएको जसपालाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ। त्यसकै आधारमा प्रवक्ता सुमनले अब सबै जसपा नेपाल अन्तर्गत रहेको जिकिर गर्दै बिधि र प्रक्रिया बिना मन्त्री नियुक्त गरेर मुख्यमन्त्री आचार्यले लोकतन्त्र माथि प्रहार गरेको उल्लेख गरेका छन् । उनले अदालतको आदेशको विपरित मन्त्री नियुक्ति गरिएको जिकिर गर्दै निर्णय नसच्याइए प्रदेश प्रमुख, मुख्यमन्त्री र एमाले कांग्रेस विरुद्ध सशक्त कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ९ : २१ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी

विश्व पोलियो दिवसका अवसरमा काठमाडौंमा ‘मेगा पोलियो साइकल -याली’ हुने

काठमाडौं । विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि