२९ भदौ २०८३, सोमबार | September 14, 2026

काभ्रेको बुच्चाकोटमा यात्रु बस दुर्घटना हुँदा सात जनाको मृत्यु



काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका १५ जनाको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालहरूमा पठाइएको काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टले बताए ।

बस दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक तथा घाइतेहरूको पहिचान खुलाउने कार्य जारी रहेको बताइएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ३ : ३५ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा