१ असार २०८३, सोमबार | June 15, 2026

अमेरिका-इरान शान्ति सम्झौताको प्रभावः कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट



काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता भएको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ । दुई देशबीच मध्यस्थताको भूमिका निभाइरहेको पाकिस्तानले सम्झौताको घोषणा गरेलगत्तै एसियाली बजारको प्रारम्भिक कारोबारमा तेलको मूल्य ओरालो लागेको हो ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य मापन गर्ने प्रमुख सूचक ब्रेन्ट क्रुडको मूल्य ३.८ प्रतिशतले घटेर प्रतिब्यारेल ८४.०२ अमेरिकी डलरमा झरेको छ । त्यस्तै अमेरिकी बजारमा कारोबार हुने डब्लुटीआई कच्चा तेलको मूल्य ४.१ प्रतिशतले घट्दै प्रतिब्यारेल ८१.४० डलरमा पुगेको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफका अनुसार आगामी जुन १९ मा स्विट्जरल्यान्डमा अमेरिका र इरानबीचको शान्ति सम्झौतामा औपचारिक हस्ताक्षर हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सम्झौताको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत अब ‘तेलको प्रवाह सुचारु हुने’ बताएका छन् । उनका अनुसार सम्झौतापछि विश्वकै रणनीतिक महत्व बोकेको हर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा आउनेछ ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि हर्मुज जलडमरूमध्य पूर्ण रूपमा बन्द भएको थियो । विश्वको कुल कच्चा तेल तथा तरल प्राकृतिक ग्यास (एलएनजी) आपूर्तिको करिब २० प्रतिशत यही मार्गबाट हुने भएकाले यसको बन्दले विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको थियो ।

इरानले सो क्षेत्रबाट आवतजावत गर्ने मालवाहक जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएपछि विश्वव्यापी इन्धन आपूर्तिमा अवरोध सिर्जना भएको थियो । अमेरिका-इरान द्वन्द्वका कारण पछिल्ला केही महिनादेखि ऊर्जा बजारमा तीव्र उतारचढाव देखिएको थियो ।

युद्ध सुरु हुनुअघि प्रतिब्यारेल ७० डलर हाराहारीमा रहेको ब्रेन्ट क्रुडको मूल्य द्वन्द्व चर्किएको समयमा १२० डलरसम्म पुगेको थियो । पछिल्लो शान्ति सम्झौताको खबरले भने अन्तर्राष्ट्रिय ऊर्जा बजारमा केही राहतको संकेत दिएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ८ : ०८ बजे

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

चितवन । पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस सरकार

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का

विश्वकप फटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले

निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो

भैरहवा । रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्रगतिमा

मगर समुदायको प्रमुख पर्व भूम्या पर्व मनाईदै

बुटवल । मगर समुदायको नयाँ वर्ष ल्होछारपछि दोस्रो ठूलो पर्वका