१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

भूम्या पर्वले प्रकृति संरक्षण र राष्ट्रिय एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूम्या पर्वले प्रकृति संरक्षण, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउने महत्वपूर्ण सन्देश दिने बताएका छन् ।

भूम्या पर्व २०८३ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रकृति, भूमि, जलस्रोत तथा वातावरणप्रतिको सम्मान र कृतज्ञताको भाव व्यक्त गर्दै मनाइने यो पर्व मौलिक संस्कृति, परम्परा र सामुदायिक एकताको महत्वपूर्ण प्रतीक भएको उल्लेख गरेका छन् ।

उनले विशेषगरी रोल्पा, दाङ, प्यूठान तथा रुकुम पूर्वीलगायत क्षेत्रमा बसोबास गर्ने समुदायले पुस्तौंदेखि संरक्षण गर्दै आएको भूम्या पर्वले प्रकृतिसँगको मानव सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषतायुक्त राष्ट्र भएको उल्लेख गर्दै यस्ता मौलिक पर्व तथा संस्कृतिहरूले सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए ।

उनले सांस्कृतिक विविधता नेपालको साझा सम्पत्ति र पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएको धारणा राखे ।

मुख्यमन्त्री आचार्यले भूम्या पर्वले भूमि, कृषि तथा प्राकृतिक स्रोतको संरक्षण गर्दै दिगो विकासको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । साथै, यस पर्वले सबैमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्दै समृद्ध लुम्बिनी प्रदेश निर्माणमा थप ऊर्जा प्रदान गर्ने कामना गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ८ : ५६ बजे

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै