२ असार २०८३, मंगलबार | June 16, 2026

लुकाकुको प्रभावमा बेल्जियमको पुनरागमन, इजिप्टसँग १-१ को बराबरी



काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा बेल्जियम र इजिप्टले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

सियाटल स्टेडियममा सोमबार राति सम्पन्न खेलमा इजिप्ट जितको निकै नजिक पुगेको थियो । तर वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुको प्रभावमा बेल्जियमले खेलमा पुनरागमन गर्दै महत्वपूर्ण एक अंक जोगायो ।

इजिप्टले खेलको १९ औँ मिनेटमा अग्रता लिएको थियो । कप्तान मोहम्मद सालाहको पासमा मिडफिल्डर इमाम आसुरले करिब २० यार्ड टाढाबाट शानदार प्रहार गर्दै गोल गरेका थिए । आसुरको अन्तर्राष्ट्रिय करियरको यो पहिलो गोल थियो ।

पहिलो हाफमा बेल्जियमले गोलका लागि लगातार प्रयास गरे पनि अवसरलाई सदुपयोग गर्न सकेन । इजिप्टका गोलकिपर मोस्ताफा सोबिहले पनि उत्कृष्ट प्रदर्शन गर्दै टोलीको अग्रता जोगाएका थिए ।

दोस्रो हाफमा बेल्जियमले थप आक्रामक खेल प्रस्तुत गर्‍यो । ५५ औँ मिनेटमा सालाहको हेडरलाई गोलकिपर थिबाउट कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए भने ओमार मार्मुसको अर्को प्रयास पनि लक्ष्यभन्दा बाहिरिएको थियो ।

खेलको ६६ औँ मिनेटमा बेल्जियमले स्ट्राइकर रोमेलु लुकाकुलाई मैदानमा उतारेको थियो । मैदान प्रवेश गरेको केही सेकेन्डमै उनले आक्रमण बुन्दै इजिप्टको रक्षापंक्तिमा दबाब सिर्जना गरे । सोही क्रममा डिफेन्डर हानीको खुट्टामा बल ठोक्किएर आत्मघाती गोल भएपछि बेल्जियमले खेल १-१ को बराबरीमा ल्यायो ।

इजिप्टका कप्तान तथा लिभरपुल स्टार मोहम्मद सालाह ७५ औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । त्यसपछि दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो ।

यस नतिजासँगै दुवै टोलीले विश्वकप अभियानको सुरुआत एक-एक अंकसहित गरेका छन् ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ७ : ४१ बजे

भित्ते चित्रमा झल्कियो बुटवलको इतिहास, संस्कृति र गौरवगाथा (फोटो फिचरसहित)

बुटवल । बुटवल उपमहानगरपालिकाअन्तर्गत लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) को

उरुग्वे र साउदी अरबबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र

स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न

भक्तपुर । तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।