५ असार २०८३, शुक्रबार | June 19, 2026

खुकुरी देखाएर युवतीलाई यातना दिने युवक लागुऔषधसहित पक्राउ



दाङ । खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि दाङ तुलसीपुरका एक युवक पक्राउ परेका छन् । मङ्गलबार भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी गर्दा उनी घरबाटै लागुऔषधसहित पक्राउ परेका हुन् ।

तीन महिनाअघि खिचिएको भिडियो मङ्गलबार सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी २४ वर्षीय रमेश ठाडामगरलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार घरबाट प्रेगामयाक्स एक ट्याब्लेट, ट्रोहमो ४२ ट्याब्लेट, एन्टिकोप दुई ट्याब्लेट र निट्राजोहम पाँच ट्याब्लेट औषधिसहित पक्राउ गरिएको हो ।

उनीहरुबीच आन्तरिक विवादका कारण ती युवकले खुकुरी देखाएर युवतीलाई यातना दिएको खुलेको हो । उनीहरुबीच सुरुमा सामान्य चिनजान भएको थियो । घटना तीन महिना अघिको भए पनि मङ्गलबारमात्रै भिडियो सार्वजनिक गरिएको थियो । युवकलाई प्रहरीले लागुऔषध दुव्र्यसनीविरुद्ध अनुसन्धान गर्ने जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ११ : ४७ बजे

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र

संवैधानिक निकायमाथि हस्तक्षेप गरेर मुलुकमा ‘जङ्गलराज’ स्थापित गर्न खोजियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारभित्र कुनै ‘अदृश्य गिरोह’ सक्रिय रहेको

उजुरीपछि अख्तियारको छापा

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई