काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एल’ को खेलमा पोर्चुगल र कंगोले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको ह्युस्टन रंगशालामा सम्पन्न खेलमा पोर्चुगलले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा खेल बराबरीमा टुंगिएको हो ।
खेलको छैटौँ मिनेटमा जुआँ नेभेसले गोल गर्दै पोर्चुगललाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि पोर्चुगलले पहिलो हाफको अधिकांश समय खेलमा नियन्त्रण कायम राख्दै थप गोलका अवसर सिर्जना गरेको थियो ।
तर पहिलो हाफको अतिरिक्त समयको अन्तिम क्षणमा कंगोले खेलमा पुनरागमन गर्यो । कर्नरबाट आएको बललाई योआने विस्साले आकर्षक हेडमार्फत जाली चुमाउँदै टोलीका लागि बराबरी गोल गरेपछि पहिलो हाफ १-१ को अवस्थामा सकिएको थियो ।
दोस्रो हाफमा दुवै टोलीले आक्रमणका अवसर बनाए पनि गोल गर्न नसक्दा खेल १-१ को बराबरीमा समाप्त भयो ।
यस नतिजासँगै पोर्चुगल र कंगोले समूह चरणको खेलबाट समान एक-एक अंक प्राप्त गरेका छन् ।
विश्वकपअन्तर्गत आज नेपाली समयअनुसार राति १ः४५ बजे इंग्ल्याण्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।



















प्रतिक्रिया