१४ भदौ २०८३, आइतबार | August 30, 2026

पोर्चुगल र कंंगोको खेल बराबरीमा



काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एल’ को खेलमा पोर्चुगल र कंगोले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको ह्युस्टन रंगशालामा सम्पन्न खेलमा पोर्चुगलले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा खेल बराबरीमा टुंगिएको हो ।

खेलको छैटौँ मिनेटमा जुआँ नेभेसले गोल गर्दै पोर्चुगललाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि पोर्चुगलले पहिलो हाफको अधिकांश समय खेलमा नियन्त्रण कायम राख्दै थप गोलका अवसर सिर्जना गरेको थियो ।

तर पहिलो हाफको अतिरिक्त समयको अन्तिम क्षणमा कंगोले खेलमा पुनरागमन गर्‍यो । कर्नरबाट आएको बललाई योआने विस्साले आकर्षक हेडमार्फत जाली चुमाउँदै टोलीका लागि बराबरी गोल गरेपछि पहिलो हाफ १-१ को अवस्थामा सकिएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले आक्रमणका अवसर बनाए पनि गोल गर्न नसक्दा खेल १-१ को बराबरीमा समाप्त भयो ।

यस नतिजासँगै पोर्चुगल र कंगोले समूह चरणको खेलबाट समान एक-एक अंक प्राप्त गरेका छन् ।

विश्वकपअन्तर्गत आज नेपाली समयअनुसार राति १ः४५ बजे इंग्ल्याण्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ६ : ४९ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ