२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

इन्जुरी समयमा यिरेन्कीको निर्णायक गोल, पानामामाथि घानाको संघर्षपूर्ण जित



काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा बिहीबार सम्पन्न खेलमा घानाले इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो ।

खेलको पहिलो हाफमा पानामाले प्रभावशाली प्रदर्शन गरेको थियो । प्रशिक्षक थोमस क्रिस्टियान्सेनको टोलीले बल नियन्त्रणमा राख्दै घानामाथि लगातार दबाब सिर्जना गरे पनि घानाको रक्षापंक्ति मजबुत बनेको थियो । पानामाले केही राम्रो अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।

दोस्रो हाफमा घानाले आफ्नो खेलस्तरमा सुधार गर्दै आक्रमणलाई तीव्र बनायो । खेल गोलरहित बराबरीतर्फ उन्मुख भइरहेका बेला इन्जुरी समयको पाँचौँ मिनेटमा क्यालेब यिरेन्की नायक बने ।

ब्रान्डन थॉमस-असान्टे र एन्टोइन सेमेन्योको उत्कृष्ट समन्वयपूर्ण पासपछि यिरेन्कीले निर्णायक गोल गर्दै घानालाई १-० को जित दिलाए । यो गोल विश्वकप इतिहासमा घानाले गरेको सबैभन्दा ढिलो समयमा आएको गोलसमेत बनेको छ ।

यस जितसँगै घानाले समूह ‘एल’ मा तीन अंक जोडेको छ । समान तीन अंक भएको इङ्गल्यान्डसँगै घाना समूहको शीर्ष स्थानमा पुगेको छ । इङ्गल्यान्डले आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४-२ गोल अन्तरले पराजित गरेको थियो ।

खेलभरि उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम समयमा गोल बेहोरेको पानामाले भने विश्वकप अभियान हारबाट सुरु गरेको छ । पहिलो अंकको खोजीमा रहेको पानामाले अब आगामी खेलमा पुनरागमन गर्ने प्रयास गर्नेछ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ७ : १८ बजे

विपी राजमार्ग : जाइकाले सुरु गर्यो पुनःनिर्माण

काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला-पिप्ले सडकखण्डमा

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

सुनसरी । तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न

एनपीएलमा आज लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज अंक तालिकाको

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी

सरकार र डा केसीबीच छ बुँदे सहमति: तोडियो अनशन

काठमाडौं । सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे