२० असार २०८३, शनिबार | July 4, 2026

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने



बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुटवल पुगेका छन्।

पार्टीको लुम्बिनी प्रदेश समितिले शनिबार बुटवलको नयाँगाउँमा आयोजना गरेको प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन दुवै शीर्ष नेता बुटवल आइपुगेको प्रदेश इन्चार्ज चक्रपाणि खनाल ‘बलदेब’ले जानकारी दिएका छन्।

पार्टी एकतापछि लुम्बिनी प्रदेशमा पहिलोपटक आयोजना गरिएको यस प्रशिक्षणलाई संगठन सुदृढीकरण र वैचारिक एकरूपता अभिवृद्धिको महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। कार्यक्रममा प्रदेशभरिका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने जनाइएको छ।

प्रशिक्षणका क्रममा पार्टीको राजनीतिक कार्यदिशा, संगठनात्मक नीति, आगामी रणनीति तथा समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत छलफल हुने कार्यक्रम रहेको छ। साथै प्रदेशस्तरका नेताहरूबीच साझा दृष्टिकोण विकास गर्दै संगठनलाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य प्रशिक्षणको रहेको पार्टीले जनाएको छ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ११ : ५२ बजे

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार