२० असार २०८३, शनिबार | July 4, 2026

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम



काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माण तीव्रत्तर गतिमा अगाडि बढोस् भन्ने चाहनाका साथ सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरेको बताएकी छिन् ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै मन्त्री गौतमले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरिएको बताइन । मन्त्री गौतमले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई सभाको सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

“नेपाली जनताले देखेको समृद्धिको सपना निकै फराकिलो छ । सोही सपनालाई छिटो र सरल ढङ्गले अघि बढाउन विधेयक प्रस्ताव पेस गरेका हौं,” मन्त्री गौतमले भनिन, “पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती अन्त्य गर्ने र पेश्की वापतको रकम दुरुपयोग गर्नेलाई कारवाही गर्ने गरी अघि बढ्न खोजेका छौं ।”

मन्त्री गौतमले सार्वजनिक खरिदसम्बन्धी विधेयक नियमित संसदीय प्रक्रियामार्फत प्रस्तुत गर्न सकिने भएपनि पूर्वाधार निर्माणका जटिल गाँठा छिटो फुकाउन अध्यादेशमार्फत ल्याइएको उल्लेख गरिन । “पूर्वाधारका आयोजना ‘कन्स्ट्रक्सन इरिटेशन’ छन् । त्यही अप्ठेरो र गाँठो फुकाउनको लागि अध्यादेशमार्फत ल्याएका हौं”, उनले भनिन।

बैठकमा सांसदहरु युवराज शर्मा, नरबहादुर विष्ट, प्रेमप्रसाद दङ्गाल, रामकुमारी झाँक्री, रञ्जित कर्ण, सोमनाथ पोर्तेललगायतले विधेयकको सैद्धान्तिक पक्षमा धारणा राखेकी थिइन ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ४ : ०१ बजे

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा