१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ



काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा भएको अदालतको फैसलाले राष्ट्रको छविमा आँच पुर्‍याएको उक्त घटनालाई निष्कर्षमा पुर्‍याउने दिशामा महत्वपूर्ण कदम चालेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै श्रेष्ठले आफूले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका बेला सीआईबीबाट गम्भीर अनुसन्धान गराई मुद्दा दायर गरिएको स्मरण गराएका छन्। उनका अनुसार अनुसन्धानबाट पुष्टि भएका आधारमा मुख्य आरोपितविरुद्ध मुद्दा चलाइएको थियो।

श्रेष्ठले त्यसबेला केही अन्य व्यक्तिहरू पनि शंकाको घेरामा रहेकाले उनीहरूमाथि थप अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै अनुसन्धानलाई खुला राखिएको बताएका छन्।

उनले अहिले पनि सरकारले सम्बन्धित निकायमार्फत थप अनुसन्धानलाई अघि बढाई घटनासँग सम्बन्धित सबै पक्षलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेकोमा जोड दिएका छन्।

भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको अपराध, संगठित अपराध, ठगी तथा किर्तेसम्बन्धी मुद्दामा विभिन्न अभियुक्तलाई दोषी ठहर गरेको छ। अदालतले असार २१ गते सजाय निर्धारण गर्ने जनाएको छ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १० : ०२ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको