२९ असार २०८३, सोमबार | July 13, 2026

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ



पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३२ मजुवाबाट लागुऔसधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेशका २७ वर्षीय विकास कुमार, २१ वर्षीय आशिष कुमार, २९ वर्षीय अभय कुमार मिश्र, ३३ वर्षीय प्रितम कुमार र २५ वर्षीय अभिषेक कुमार पासवान रहेका छन्।

उनीहरूको साथबाट बुप्रेनोर्फिन ६४८ एम्पुल, डाइजेपाम ६०० एम्पुल, फेनारागन  ६०० एम्पुल, ट्रामाडोल ३८० ट्याब्लेट, ट्यापेन्टाडोल १०० ट्याब्लेट तथा नाइट्राभाट ३० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुबाट भारतीय नम्बर प्लेटभएको गाडी र पाँच थान मोबाइल फोन समेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका पाँचै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  २ : २७ बजे

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता