२ श्रावण २०८३, शनिबार | July 18, 2026

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’



नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता विपरीतका गतिविधिप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले सचेत गराएको छ ।

महासंघ बाँकेको जिल्लाको पर्यटकीय क्षेत्र गाभर भ्यालीमा बसेको कार्यसमिति बैठकले पत्रकारिताको नाममा गरिने गैरजिम्मेवार, अमर्यादित तथा आचार संहिता विपरितका गतिविधि पत्रकारिता कर्मको परिभाषाभित्र नपर्ने ठहर गरेको छ । सत्य, तथ्य, निष्पक्षता, व्यावसायिकता, जिम्मेवारी, जवाफदेहिता र उत्तरदायित्वमा आधारित पत्रकारिता अभ्यास गर्न सम्पूर्ण सञ्चारकर्मीलाई महासंघले आग्रह समेत गरेको छ ।

क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै र जुनसुकै अवस्थामा पनि स्वतः पहुँच र प्रभाव स्थापित हुन्छ भन्ने गलत मानसिकताबाट प्रेरित गतिविधिले पत्रकारिता पेशाको गरिमा, पेशागत आचारसंहिता, नैतिक मूल्य–मान्यता तथा जनविश्वासमा प्रश्न उठाएको बैठक पछि माहासंघका शाखा सचिव कृष्ण ओलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको बैठकका बीच महासंघ बाँकेको २०८१ मंसिर २८ गते सम्पन्न निर्वाचनमा खुला उपाध्यक्ष पदमा बराबर मत प्राप्त गरेका तिलक गाउँले र रेजिना मल्लबीच भएको सहमति अनुसार उपाध्यक्ष गाउँलेले आफ्नो आधा कार्यकाल पूरा गरेपछि बाँकी कार्यकालका लागि रेजिना मल्ललाई जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

महासंघले गत आर्थिक वर्षमा वार्षिक कार्ययोजना अनुसार सञ्चालन गरिएका कार्यक्रम तथा गतिविधि उपलब्धिमूलक र प्रभावकारी रहेको समीक्षा गर्दै आगामी आर्थिक वर्षमा पत्रकारको पेशागत क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण तथा सदस्य हितलाई प्राथमिकतामा राखेर थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ९ : ५१ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल