२५ भदौ २०८३, बिहिबार | September 10, 2026

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने



खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत प्राधिरण खजुरा शाखाले उपभोक्ताको गुनासो सम्बोधन गरेको जनाएको छ । नेपाल बिद्युत प्राधिकरण खजुरा उप वितरण केन्द्रको क्षेत्रमा पर्ने बजार तथा ग्रामीण बस्तीहरूमा भोल्टेज सुधार गरिएको हो ।

प्राधिकरण खजुरा उप वितरण केन्द्रको क्षेत्रमा पर्ने बजार तथा ग्रामीण बस्तीहरूमा भोल्टेज सुधारका लागि आवश्यक स्थानमा ट्रान्सफर्मर जडान, पुराना विद्युत संरचनाको क्रमिक स्तरोन्नति तथा नयाँ लाइन विस्तारका कार्यहरू सम्पन्न गरिएको उप वितरण केन्द्र खजुराका प्रमुख दिनेशकुमार वलीले जानकारी दिए ।

नेपालगन्ज वितरण केन्द्र प्रमुख सञ्जय कुमार मिश्रको निर्देशनमा विद्युत सेवाबाट वञ्चित, आवाजविहीन तथा आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी विद्युत पहुँच विस्तारलाई प्राथमिकता दिइएको वलीले बताए ।

उनका अनुसार भोल्टेज सुधार कार्यबाट घरेलु तथा व्यावसायिक ग्राहकसँगै सिँचाइ ग्राहक तथा कृषक समुदायले समेत प्रत्यक्ष लाभ प्राप्त गर्नेछन् । ‘सुधार अभियानले खजुरा क्षेत्रको विद्युत आपूर्तिलाई थप गुणस्तरीय, भरपर्दो र सुरक्षित बनाउँदै ग्रामीण तथा विपन्न समुदायको सामाजिक–आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ।’ उनले भने ।

वलीले दशै आगाडिनै नंयालाईन बिस्तार तथा बितरण लाईन सुधारको लागि प्राथमिकताका साथ झन्डै ५०० पोल गाड्ने तथा आवश्यक परेका स्थानमा ट्रान्सर्फमर जडान गर्ने कार्यलाई प्राथमिकता दिईएको जनाए ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १२ : २६ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,