सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।
आज प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई कर्णालीको पाँचौ मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको शपथ भने बुधबार हुनेछ ।
उनलाई आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ। ४० सदस्यीय कर्णालीमा सरकार बनाउन २० सिट मात्रै आवश्यक पर्ने भए पनि थप ४ सदस्यसहित उनले कर्णाली प्रदेशमा बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त हुने अवसर पाएका हुन ।
शाहीले मंगलबार बेलुका ५ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।



















प्रतिक्रिया