१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै तीन ब्रोकर कम्पनीलाई १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ। बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गतका ग्राहक पहिचान तथा अनुपालनसम्बन्धी दायित्व पूरा नगरेपछि कारबाही गरिएको हो।

कारबाहीअनुसार सिप्ला सेक्युरिटिज प्रालिलाई ५० लाख रुपैयाँ जरिवाना गरिएको छ भने श्री कृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई जनही ३० लाख रुपैयाँ जरिवाना गरिएको छ। बोर्डले ऐनको दफा ७-फ) बमोजिम यी संस्थामाथि आर्थिक दण्ड लगाएको जनाएको छ।

यस्तै, मर्चेन्ट बैंकर तथा सेयर रजिस्ट्रार सानिमा क्यापिटल लिमिटेडलाई भने सचेत गराइएको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर वितरणका क्रममा २ हजार ५३३ जना लगानीकर्ताको डिम्याट खातामा आवश्यकभन्दा बढी सेयर जम्मा भएको पाइएपछि बोर्डले पहिलोपटक चेतावनी दिएको हो। बोर्डले यसलाई व्यवसायिक मापदण्ड पालना नगरेको भन्दै भविष्यमा यस्तो त्रुटि नदोहो¥याउन निर्देशनसमेत दिएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ११ : ४७ बजे

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर

वर्षायाममा किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौँ । यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट

बालेन्द्रलाई आरेनको चुनौती – देश चलाउन नसक्ने भए हात ठड्याउ, रास्वपाकै अर्कोले चलाउँछन्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनापछि

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना