१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सिरहाको गोलबजार गोली चल्दा एक जनाको मृत्यु, एक जना घाइते



सिरहाको गोलबजारमा बिहीबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोली लागेर अन्दाजी १९ वर्षीय गणेश यादवको मृत्यु भएको हो। घटनामा गोली लागेर अर्का एक जना घाइते भएका छन्। घटनाबारे प्रहरीबाट प्रारम्भिक जानकारी प्राप्त भएको बताउँदै विस्तृत विवरण आउन बाँकी रहेको बरालले बताएका छन् ।

सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन भइरहेका बेला झडप भएको थियो। स्थिति नियन्त्रणबाहिर जान थालेपछि भीड नियन्त्रणका लागि प्रहरीले गोली चलाएको प्रशासनले जनाएको छ ।

घटनामा गोली लागेर अर्का एक जना घाइते भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार घाइतेलाई नेपाली सेनाले थप उपचारका लागि अस्पताल पठाएको छ।

प्रशासनले गोलबजार र लहान क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शनकारीहरू रोकिएको छैन । शान्ति-सुरक्षा कायम गर्न नेपाली सेनासमेत परिचालन गरिएको छ।

 

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ३ : ५९ बजे

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता

सामाजिक र धार्मिक सद्भाव जोगाउन पूर्वराजा ज्ञानेन्द्रको अपिल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि देशका विभिन्न क्षेत्रमा