२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम



वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा पुनः कडाइ गर्ने उद्देश्यले दुई वटा नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । केही साताअघि अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने उनको अघिल्लो प्रयास अस्वीकार गरेपछि ट्रम्पले नयाँ कदम चालेका हुन् ।

बिहीबार जारी गरिएको पहिलो कार्यकारी आदेशले गैर-नागरिकका सन्तानले जन्मसिद्ध नागरिकता पाउने दायरालाई थप सीमित गरेको छ । दोस्रो आदेशमार्फत ‘बर्थ टुरिजम’ अर्थात् बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर प्रसूति गराउने प्रचलनमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ ।

ओभल अफिसबाट सम्बोधन गर्दै ट्रम्पले यो नीति धेरैअघि नै परिवर्तन हुनुपर्ने दाबी गरे। उनले सर्वोच्च अदालतले आफ्नो अघिल्लो प्रयास अस्वीकार गरेकोप्रति असन्तुष्टि पनि व्यक्त गरे ।

नयाँ आदेशअनुसार बाबु-आमा दुवै गैर-नागरिक भएका र उनीहरूमध्ये कम्तीमा एक जना विदेशी समूहसँग आबद्ध, विदेशी सरकारको कर्मचारी, जालसाजीपूर्ण रूपमा नागरिकता प्राप्त गर्न खोजेको वा सङ्घीय कानुनले नागरिकता नदिने अमेरिकी क्षेत्रमा बसोबास गरिरहेको अवस्थामा अमेरिकामा जन्मिएका शिशुले स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन् ।

यद्यपि, अमेरिकी क्षेत्रभित्र जन्मिएका व्यक्तिलाई सङ्घीय कानुनअनुसार जन्मसिद्ध नागरिकता प्रदान गर्ने व्यवस्था यथावत् रहने उल्लेख गरिएको छ ।

ट्रम्प प्रशासनले ‘बर्थ टुरिजम’ को निरन्तर विरोध गर्दै आएको छ । विशेषगरी रुस र चीनजस्ता प्रतिस्पर्धी मुलुकले यस व्यवस्थाको दुरुपयोग गरी अमेरिकामा प्रभाव विस्तार गर्न खोजेको आरोप प्रशासनले लगाउँदै आएको छ । ट्रम्पले ‘बर्थ टुरिजम’ मार्फत अमेरिकामा लाखौँ बालबालिका जन्मिएको दाबीसमेत गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ८ : १० बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे