२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भईरहेको “करदाता प्रोत्साहन उपहार कार्यक्रम”लाई योगदान पुर्याउने उद्देश्यका साथ एमबीएल एम–स्मार्ट मोबाइल बैकिङ एपमा …बिलजिताँै सुविधा सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट अनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको हो । यस कार्यक्रम अन्तर्गत योग्य उपभोक्ताहरूले नियमित लक्की ड्रमार्फत नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु १०० भन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी बैंकको मोबाइल बैंकिङ एप मार्फत बैंक वा वालेटको मर्चेन्ट क्युआरमा डिजिटल भुक्तानी गर्ने ग्राहकका योग्य कारोबारहरू स्वतःआन्तरिक राजस्व विभागको प्रणालीमा समावेश हुने भएकोले यसकालागि छुट्टै दर्ता गर्न आवश्यकता नपर्ने बैंकले जनाएको छ ।

बेंकका अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले एमबीएल एम–स्मार्ट एपमा लग्–इन गरी बिल जित्नु मेनुमा प्रवेश गरेपछि आईआरडी उपहार कार्यक्रमका लागि योग्य भएका कुल कारोबार संख्या, योग्य कारोबारहरूको विस्तृत विवरण तथा उपहार विजेता भएको अवस्थामा सम्बन्धित जानकारी एकै स्थानबाट सहज रूपमा हेर्न सक्ने छन् । आन्तरिक राजस्व विभागले कार्यक्रम अन्तर्गत योग्य कारोबारहरूबाट नियमित रूपमा लक्की ड्र सञ्चालन गर्दै प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात रु. १ लाख तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाईरु. १० लाख पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ । यस अवसरमा माछापुच्छ्रे बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई रु. १०० भन्दा बढीको प्रत्येक खरिदमा मर्चेन्ट क्युआरमार्फत डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा पान वा भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा एमबीएल एम–स्मार्टको बिल जिताँै मेनु मार्फत आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न बैंकले अपिल गरेको छ ।

माछापुच्छ्रे बैंक डिजिटल बैंकिङलाई थप सहज, सुरक्षित तथा ग्राहक मैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी तथा कर सचेतना अभियानमा सहकार्य गर्न निरन्तर प्रतिबद्ध रहेको पनि बैंकले जानकारी दिएको छ । बैंकले æडिजिटल भुक्तानी गरौँ, बिल लिऔँ, सुरक्षित राखौँ र रु. १० लाख सम्मको उपहार जित्ने अवसर नछुटाऔँæ भन्ने सन्देशका साथ ग्राहकहरूलाई कार्यक्रममा सक्रिय सहभागिताको लागि बैंकले आह्वान गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ३ : १९ बजे

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना