२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा संलग्न बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत सहित ३ जनालाई पक्राउ गरेको छ ।

समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका लागी नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समुहका तर्फबाट जुगल किशोर कुशवाहको जाहेरीले बैकिङ कसुर मुद्दामा फरार रहेका प्रमुख कार्यकारी अधिकृत निरज बिक्रम शाहसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । बैंक घोटाला प्रकरणमा संलग्न भएको आरोप लागेका नेपालगन्ज १२ की ३९ वर्षिया दिपा थापा र ४३ वर्षिया सुभेच्छा श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा नेपालगन्ज उपमहानगरपालिका १२ बाट पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि उच्च अदालत तुल्सीपुर, नेपालगंज इजलासमा बुझाईएको उनले बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकबाट हिनामिना भएको ३ अर्ब २० करोड ११ लाख बिगो कायम गरी १११ जना विरुद्ध गत वर्षको साउन १४ गते उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दायर गरेको थियो ।

उनीहरूले कर्मचारीको तलब वृद्धि गर्ने शीर्षकमा, राइट सेयर बिक्री गर्ने बहानामा, अन्तरशाखा कारोबार गर्ने नाममा, नक्कली ऋणी बनाएर बैंकको रकम घोटाला गरेको सीआइबीले निश्कर्ष निकालेको थियो । त्यस्तै, सवारी कर्जा प्रवाह र गोल्ड लोन प्रवाह गर्दा पनि रकम हिनामिना गरेको सिआइबीको प्रतिवेदनमा उल्लेख छ । बैंकको घोटालामा राष्ट्र बैंकका अधिकारीहरुको समेत मिलेमतो रहेको सीआइबीको प्रतिबेदनमा लेखिएको छ । राष्ट्र बैंकले बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टिकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ, जसले २०८१ पुस ११ गतेदेखि बैंकको व्यवस्थापन हेर्दे आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ४ : ३३ बजे

सरकारले अब कालो चश्मा हटाउनुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता