२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको बसाइ अवधि लम्ब्याउन सुविधासम्पन्न होटल तथा गुणस्तरीय आतिथ्य सेवामा निजी क्षेत्रले लगानी विस्तार गर्नुपर्ने बताएका छन् ।

होटल सङ्घ नेपाल, लुम्बिनी प्रदेश तदर्थ समिति गठन तथा घोषणा कार्यक्रममा आज मुख्यमन्त्री आचार्यले पर्यटक आगमन बढाउनुमात्र पर्याप्त नभई उनीहरूलाई लामो समयसम्म बस्ने वातावरण सृजना गर्न आवश्यक रहेको बताए । उनले पर्यटकीय सम्भावना भएका नयाँ गन्तव्यको पहिचान गरी त्यहाँ सुविधासम्पन्न होटल सञ्चालनमा निजी क्षेत्रलाई लगानी गर्न आग्रह गरे । उनले गुणस्तरीय सेवा, आवास र आतिथ्य व्यवस्थाले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउँदै पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए । भैरहवा र रुपन्देहीका व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनको माग गरिरहेको उल्लेख गर्दै उनले सुरक्षा निकायसँग समन्वय गरी २४सै घण्टा होटल व्यवसाय सञ्चालन गर्न सकिने वातावरण बनाउन प्रदेश सरकार सकारात्मक रहेको बताए ।

मुख्यमन्त्री आचार्यले भारतीय अधिकारीहरूसँग पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको जानकारी दिँदै भारतीय पर्यटकलाई लक्षित गरी उनीहरूको स्वाद र संस्कृतिअनुसारका शाकाहारी भोजन उपलब्ध गराउने होटल सञ्चालनको राम्रो सम्भावना रहेको उल्लेख गरे । उनले प्रदेशमा सडक पूर्वाधार विस्तारले उल्लेखनीय प्रगति गरेकाले अब पर्यटकलाई गन्तव्यसम्म पुर्याउनेभन्दा पनि त्यहाँ गुणस्तरीय आवास, सेवा सुविधा र पर्यटनमैत्री वातावरण विकासमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे ।

राज्य र निजी क्षेत्रबीचको सहकार्यलाई समृद्धिको आधार बताउँदै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रको सम्मान र संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे । निजी क्षेत्रका समस्या समाधानमा सरकार सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले चालु आर्थिक वर्षको बजेटमार्फत युवा उद्यमशीलता प्रवर्द्धन, कृषि तथा उद्यम क्षेत्रमा सहुलियतपूर्ण लगानी र ब्याज अनुदानका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले यस्ता कार्यक्रमले पर्यटनसँगै प्रदेशको समग्र आर्थिक गतिविधिलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  १० : ०५ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,