२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी



काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनको चेतावनी दिएको छ।

महासंघले घटनाको विरोधमा आज बिहान ९ बजे जिल्ला प्रहरी परिसर काठमाडौंअगाडि हुने धर्नामा सहभागी हुन देशभरका सञ्चारकर्मीलाई अपिल गरेको छ।

श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीहरूले गए राति नै काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिएका छन्।

समाचार प्रकाशनसँग सम्बन्धित विषयमा पत्रकारलाई पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघसहित विभिन्न पत्रकार तथा सञ्चारसम्बद्ध संघसंस्थाहरूले घटनाको विरोध गरेका छन्। उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र पत्रकारलाई समाचारकै विषयमा पक्राउ गर्ने कार्य रोक्न माग गरेका छन्।

महासंघले पत्रकारको संवैधानिक अधिकार र प्रेस स्वतन्त्रताको संरक्षणका लागि आवश्यक कदम चाल्ने चेतावनीसमेत दिएको छ।

श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले बुधबार राति पक्राउ गरेको थियो। उनको पक्राउपछि जनआस्था साप्ताहिकको कार्यालयमा समेत प्रहरीले छापा मारेको थियो।

 

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ९ : ०१ बजे

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय